उपत्यकामा मेलम्चीको पानी पुनः वितरण थलियो, बाह्रै महिना आउने मन्त्री चौधरीको दावी


२३ मंसिर २०७९, शुक्रबार
Melamchi pin bitaran 1 1

काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बाँड्न थालिएको छ । उपत्यकाका धारामा आजबाट मेलम्चीको पानी आउने भएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रवार बिहान महाँकालस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोडेका छन् । अब काठमाडौँवासीको घरघरमा पानी आउने छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा पानीको पुनः वितरण शुरु गरेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज तेस्रो चरणको मेलम्चीको पानी वितरण शुभारम्भ गरेका हुन् ।

Melamchi pin bitaran 2

मन्त्री चौधरीले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पुनः पूरा गरेको बताएका छन् । उनले ठूलो बाढीले क्षतविक्षत बनेको मेलम्ची अस्थायी भए पनि पानी ल्याइएको बताए । फेरि ठूलो बाढी आउने डरका कारण वर्षातमा सुरुङ बचाउन पानी बन्द गरिएको उनले बताए ।

उनले अब अस्थायी रूपमै भए पनि बाह्रै महिना मेलम्चीको पानी पुर्‍याउने दाबी गरेका छन् । खानेपानी मन्त्रालयका सचिव मनिराम गेलालले निर्वाध रूपमा सञ्ञ्चालन गर्नुपर्नेमा ठूलो बाढी आउँदा अवरोध भएको बताए । सचिव गेलालले हरेक वर्ष वर्षातमा बन्द नहुने गरी काम गरिरहेको बताए । सामान्य बाढी आउँदा नरोकिनेगरी काम गरिरहेको उनको भनाइ छ । उनले सुन्दरीजलको ट्रिटमेन्ट प्लान्ट केयूकेलको लिनुपर्ने बताए । ‘९० दिन अहिलेकै व्यवस्थापन गर्ने छ । त्यसपछि केयूकेलले नै जिम्मेवारी लिनुपर्छ’, गेलालले भने ।

सरकारले गत आर्थिक वर्ष २०७८-७९मा घोषणा गरेबमोजिम मेलम्चीको पानी पथान्तरण गरी गत वैशाख ११ गतेदेखि अस्थायी संरचनाबाट वितरण भएकोमा मनसुन शुरु भई बाढी पहिरोले आयोजनाको हेड बक्समा हुने सम्भावित क्षतिलाई विचार गर्दै विज्ञको सल्लाहबमोजिम जेठ १८ गते सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको आयोजनाले जनाएको छ ।

अयोजनाका अनुसार मेलम्ची खोलामा यो वर्ष आएको सामान्य बाढीले हेडबक्स क्षेत्रसम्म पुग्ने पहुँचमार्गमा क्षति गरेको थियो । हाल आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी झारेर उपत्यकाका १० वटा पानी भण्डारण केन्द्रमा पठाइसकेको छ । केयूकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले ५ करोड ८३ लिटर भण्डारण क्षमता रहेको बताए ।

मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले १ हप्तामामा जोडिएको ठाउँमा पुग्ने जानकारी दिए । यसअघि विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो । वर्षामा बाढी आएर सुरुङ मार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७