चार युवतीले गरे एक पुरुषमाथि सामुहिक बलात्कार


२३ मंसिर २०७९, शुक्रबार
crime

नयाँदिल्ली । भारतको जालन्धरमा चार जना युवतीले एक पुरुषमाथि सामुहिक बलात्कार गरेका छन् । चार युवतीहरुले ती पुरुषलाई ठेगाना सोध्ने बहानामा रोकेर कारमा सामुहिक बलात्कार गरेका हुन् ।

ती मानिसको अनुहारमा स्प्रे छर्केर पिट्दै गाडीमा राखेर जबरजस्ती मदिरा खुवाएर नशाको हालतमा युवतीहरुले बलात्कार गरेका थिए । आरोपी युवतीहरु २० देखि ३० वर्षका हुन् । पीडित पुरुष एक छाला कम्पनीका मजदुर हुन् । उनी बच्चाबच्चीका पिता हुन् । उनकी पत्नीले भनेपछि पुलिसमा कुनै उजुरी परेको थिएन । तर सामाजिक सञ्जालमा यो खबर भाइरल भएको थियो ।

भारतको कानूनअनुसार यो घटना कुनै बलात्कारको घटना हैन । भारतीय अदालतले तेस्रो लिंगी र पुरुषलाई बचाउन पनि कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । भारतमा थुप्रै यस्ता घटना हुँदै आए पनि कानूनी अभावमा घटना दर्ता समेत हुने गरेका छैनन् । भारतमा महिलालाई न्याय दिनका लागि कानून बदलिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७