सेनाका पूर्वरथी महत मृत्त भेटिए


२४ मंसिर २०७९, शनिबार
mahat

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत भेटिएका छन् । पाँच वर्षअघि नेपाली सेनाबाट अवकास पाएका महत शनिबार बिहान मृत भेटिएका हुन् ।

उनी बुढानीलकण्ठ–९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास झुण्डिएको अवस्थामा भेटिएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले महतको मृत्युको कारण खुलिनसकेको बताए । महत ६२ वर्षका थिए । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझेका छन् ।

नुवाकोट स्थायी घर भएका महत हाँस्य व्यंग्यकार समेत हुन् । उनका ‘चिप्ला कुरा’, ‘एकै ड्याङका मुला’, ‘दुवै हातमा लड्डु’, ‘कुर्सीको जय होस्’, ‘भालुलाई पुराण’, ‘चोरको खुट्टा काट्’, ’आफनो हात जगन्नाथ’ लगायत कृति प्रकाशित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७