प्रहरी जनशक्तिकाे दुरुपयोग : पूर्व प्रहरी अधिकारीले नै सुरक्षाको नाममा घरमा काम लगाउँदै


२ बैशाख २०७५, आईतवार
police 2

काठमाडौं, २ बैसाख : पूर्व प्रहरी अधिकारीहरुले नै अनावश्यक रुपमा प्रहरी जनशक्तिको दुरुपयोग गर्दै आएको खुलेको छ । पूर्व प्रहरी अधिकारीहरुले ३ सय १५ जना प्रहरी अनाबश्यक रुपमा प्रयोग गर्दै आएको खुलेको छ । तीसहित पूर्व बिशिष्ट अधिकारीको घरमा कार्यरत ४५ जनालाई पनि फिर्ता गर्न गृहले निर्देशन दिएको छ ।police 2

अवकाश प्राप्त उच्च प्रहरी अधिकारीले एक जना प्रहरी सुरक्षाका लागि पाउने भएपनि ३,४ जनासम्मलाई लिएर घरेलु काममा लगाउदै आएका छन् । सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रुपमा राख्ने लगायतका गुनासो आएपछि गृहमन्त्रालयले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्व आईजिपी, एआईजी र डिआईजीले ठूलो मात्रामा पूर्व प्रहरीको दुरुपयोग गदैे आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७