झरना थापाको चलचित्र ‘भगवत गीता’ मा धिरज मगर अनुबन्ध


२६ मंसिर २०७९, सोमबार
bhagawat geeta

काठमाडौं । झरना थापाको नयाँ चलचित्र ‘भगवत गीता’ को मुख्य अभिनेतामा धिरज मगर अनुबन्धित भएका छन् ।
चलचित्रकी निर्देशक थापाले धिरज चलचित्रमा अनुबन्धित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । निर्माण कम्पनी र अभिनेता धिरजबीच शनिबार लिखित सम्झौता भएको हो ।

चलचित्रमा धिरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी चलचित्रको छायांकन जनकपुर र मनाङमा हुने भएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका बाँकी कलाकार एक सातामा तय हुने जनाइएको छ । पुस २ गतेदेखि धिरज र सुहानाले कार्यशालामा भाग लिनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७