आजबाट ट्वीटरले ब्लु टिक मार्कबापत शुल्क लिने, पैसा तिर्नेलाई एडिट अप्सनको सुविधा


२६ मंसिर २०७९, सोमबार
Twitter 1

काठमाडौं । एलन मस्कको कम्पनी ट्वीटरले सोमवारबाट (आज) आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरि सुरु गर्ने भएको छ । ट्वीटरले आइतबार नै यसको जानकारी गराइसकेको छ ।

ट्वीटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरि सुरु गर्नेछ । यसको मूल्य एन्ड्रोइड युजरका लागि ८ अमेरिकी डलर र आईफोन युजरका लागि ११ डलर प्रतिमहिना तोकिएको छ । मस्कले आईफोन युजरका लागि ट्वीटर ब्लू सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् ।

एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्वीटरको तर्क छ । ट्वीटर बिजनेस एकाउन्ट र सरकारी एकाउन्टका लागि अलग्गै चेकमार्क ल्याउने तयारीमा छ ।

सुविधाहरू
कम्पनीका अनुसार, ‘हामी सोमवार ट्वीटर ब्लुलाई फेरि सार्वजनिक गर्दैछौं । वेबमा ८ डलर प्रतिमहिना र आईओएसमा ११ डलर प्रतिमहिनाको दरले सब्सक्राइभ गर्नुहोला । यसमा मात्र सब्सक्राइबरका लागि उपलब्ध सुविधाको फाइदा उठाउन सकिन्छ, जसमा ब्लू चेकमार्क पनि समेटिएको छ ।’

सब्सक्राइब गर्ने प्रयोगकर्ताले आफ्नो ट्वीट एडिट पनि गर्न पाउँछन् । साथै १०८० पी को भिडियो अपलोड, रिडर मोड र एउटा नीलो चेकमार्क पनि पाउँछन् । यसबाहेक बिजनेस एकाउन्टका लागि गोल्डेन अफिसियल लेबल र सरकारी अकाउन्टका लागि एउटा ग्रे चेकमार्क पनि आउने ट्वीटरले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७