‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक, बैशाख १४ बाट प्रदर्शनमा आउने


२ बैशाख २०७५, आईतवार
Happy Days

काठमाडौं, २ बैशाख । प्रदर्शन मिति तोकिन्दै सारिन्दै गरिएको चलचित्र ‘ह्याप्पी डेज’को टिजर सार्वजनिक भएको छ । चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइको प्रस्तुतीमा तयार भएको भएको फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो । Happy Days

बेलायतका निकै रमणिय स्थानमा खिचिएको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम र धोकाधडीमा आधारित हयाप्पी डेज बेलायतको राजधानी लन्डन, स्कटल्यान्ड र वेल्समा करिब ९५ प्रतिशत छायांकन गरिएको फिल्म हो जसमा दयाहाङ राई र प्रियंका कार्कीको जोडी र उनीहरुको सम्बन्धमा आउने उतारचढाव हेर्न सकिनेछ ।

चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । ताराप्रकाश लिम्बु, राजनराज सिवाकोटीको संगीत, मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन यो चलचित्रमा छ ।

ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको हो । तर माघ ११ मा बलिउडका दुई ठुला फिल्म ’पद्मावत’ र ’प्याडम्यान’ प्रदर्शन हुने भएपछि फिल्म सरेको थियो । अब फिल्म चैतको १६ गते सार्वजनिक हुने तय गरिएको थियो । अब चलचित्र भने बैशाख १४ बाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७