राजनीतिले धेरै विश्वास गुमाइसक्यो : प्रदीप पौडेल


२०७९ मङ्सिर २६ सोमबार ०७:२२ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् । आज (सोमबार) बुढानीलकण्ठ नगरपालिकास्थित विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिबद्धता गर्ने, तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिनेमा सचेत गराए । विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेतालाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने उनको भनाइ छ ।

‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ । घोषणापत्र लेख्ने, प्रतिबद्धताहरू व्यक्त गर्ने, तर काम केही नहुने स्थिति निरन्तर रहिरह्यो भने राजनीतिसँग कोही जोडिँदैन । राजनीतिको ठूलो तहमा पुगे पनि समाजले सम्मान गर्ने स्थिति हुँदैन,’ उनले भने ।

नेता पौडेलले कर तिरेका नागरिकले सुविधा माग्नु गलत नभएको उल्लेख गर्दै नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दुखद भएको बताए । उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७