लालझाँडी गाउँपालिका अध्यक्षका छोरा जङ्गलमा मृत्त भेटिए


२०७९ मङ्सिर २६ सोमबार ०७:१० बजे

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा आज (सोमबार) जङ्गलमा मृत भेटिएका छन् ।
लालझाँडी गाउँपालिका–२ स्थित जङ्गलको एउटा रुखमा २० वर्षीय मनोज राना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ ।

उनका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् । घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ । अध्यक्ष राना भने काठमाडौंमा छन् । खबर सुनेपछि उनी फर्किरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७