मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान


२६ मंसिर २०७९, सोमबार

काठमाडौं । मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन्। आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्न आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित महिलाहरूबीचको सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रहरूका विवाहित सुन्दरीले स्पर्धा गर्दैछन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षाले मिसेस वर्ल्डमा यससम्बन्धी आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन्। उनले सुपी रसाइली र मनिष राईले तयार पारेको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्ने छिन् ।

स्टेला द मेक अप स्टुडियोको श्रृंगारमा प्रस्तुत हुन लागेकी दिक्षाको मेकअप हाल अमेरिकामै बसोबास गर्दै आइरहेकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले गर्नेछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७