श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ


२६ मंसिर २०७९, सोमबार
Dhanusa Mahilako hatya1670818851 1

धनुषा । धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिनगर बस्ने वीरेन्द्र यादवलाई आफ्नै २७ बर्षीया श्रीमती रितादेवी यादवको हत्या आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति करिब २ बजे घरेलु हतियार प्रहार गरी श्रीमती रितादेवीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपी उनका श्रीमान वीरेन्द्रलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

वीरेन्द्रले प्रहार गरेको हतियारबाट गम्भीर घाइते भएकी रितालाई उपचारका लागि स्थानीयले राति नै जनकपुरस्थित काव्या हस्पिटल ल्याएका थिए । हस्पिटलले उनलाई मृत घोषणा गरेको हो । धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी प्रदीप क्षेत्रीले श्रीमतीको हत्या गरेका श्रीमान वीरेन्द्रलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७