शेयर बजार १६.९७ अंकले बढ्यो, एक खर्ब ३६ करोडको कारोबार


२०७९ मङ्सिर २६ सोमबार ०७:३९ बजे

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०५ कम्पनीको कारोबार हुँदा १५८ कम्पनीको वृद्धि भएको र ४१ कम्पनीमा ओरालो लागेसँगै ७ कम्पनी स्थिर रहेको छ । यस्तै, ४४ लाख ७० हजार ६२५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ । यसको सोमबार २१ करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा कुमारी बैंक र तेस्रोमा सिभम सिमेन्टको कारोबार भएको छ । बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये एक उपसूचकबाहेक सबै उपसूचकमा उकालो लागेको छ । सबैभन्दा धेरै अन्य इन्डेक्सको ६.१४ प्रतिशतले वृद्धि भएको छ ।

सोमबारको कारोबारमा सुम्मित लघुवित्त र सिवाइसियलको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् । आइतबार शेयर बजार ३१.९७ अंकले घटेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७