अर्घाखाँचीमा श्रीमतीले गरिन् श्रीमानको हत्या


२६ मंसिर २०७९, सोमबार
Laxmi Nepali Murderer1670838426

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको छत्रदेव गाउँपालिका–१ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।

मंसिर २४ गते साँझ झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफ्नो पटुकाले श्रीमानको घाँटीमा पासो लगाएर मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे जानकारी दिए ।

प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुँइमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिइन । सार्की दाम्पतिले झगडा हुनु पहिले रक्सी पिएका थिए । लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७