महिला आयोगको निर्देशन : विनु यादव र ज्यास्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्नू


२०७९ मङ्सिर २६ सोमबार ०७:२९ बजे

काठमाडौं । राष्ट्रिय महिला आयोगले ज्यास्मिन ओझा र विनु यादवलाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको छ ।

हिंसा पीडित विनु यादवको न्यायिक लडाइँमा साथ दिँदा आफूमाथि शारीरिक र मानसिक आक्रमण भएकाले शान्ति सुरक्षाको माग गर्दै ओझाले दिएको निवेदन उपर सुनुवाइ गर्दै आयोगले दुवै जनालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई बोधार्थमा राखेको पत्र जिल्ला प्रशासन रामेछापलाई पठाएको आयोगले विनु यादव पीडित रहेको मुद्दाको २७ मंसिरमा रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा उनलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाउन पनि आदेश दिएको छ ।

श्री जिल्ला प्रशासन कार्यालय,
रामेछाप ।

विषयः शान्ति सुरक्षा प्रदान गरिदिने सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा काठमाडौं जिल्ला बस्ने जस्मिन ओझालाई पछिल्लो विनु यादव नामक पीडितको न्यायिक लडाईंमा साथ दिइरहेकोमा आफ्नो र निज पीडित विनु यादवको जिउज्यानको असुरक्षा भएकाले शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनुहुन भन्ने व्यहोराको जानकारी यस आयोगमा प्राप्त हुन आएको छ ।

निज विनु यादव पीडित रहेको मुद्दाको मिति २०७१।०८।२७ गते सम्मानित रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा निज पीडितहरुलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाइदिनुहुन र निज पीडितहरुलाई शान्ति सुरक्षा प्रदान गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।

(वर्षा ढकाल) शाखा अधिकृत

बोधार्थः

गृह मन्त्रालय, सिंहदरबार, काठमाण्डौं

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७