स्नातक तहको परीक्षाफल प्रकाशनमा त्रुटि : सच्याउन अखिलको माग


२०७९ मङ्सिर २६ सोमबार ०७:०० बजे

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियले त्रिविअन्तर्गत स्नातक तहको सम्पूर्ण सेमेष्टर प्रणाली सन् २०१७ ब्याचको परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि सच्याएर ट्रान्सक्रिप्ट दिन माग गरेको छ ।

परीक्षा प्रकाशित भएको तीन महिना नाघिसक्दा पनि ग्रेडसम्बन्धी त्रुटीका कारण विद्यार्थीलाई पटक– पटक परीक्षा नियन्त्रण कार्यालय धाउन बाध्य बनाएको र परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अखिलको आरोप छ ।

नतिजा प्रकाशनपश्चात् उक्त ब्याचका विद्यार्थीले प्राप्त गरेको ट्रान्सक्रिप्टमा विभिन्न त्रुटि फेला परेका छन् । पुनः सच्याउन माग गर्दा त्रिविले अनेक बाहाना र आनाकानी गरेको साथै विद्यार्थीसँग थप शुल्क लिन खोजेकोमा अखिलेले ध्यानाकर्षण गराएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको कमजोरीका कारण भएको त्रुटिमा विद्यार्थीको कुनै दोष नरहेको र विद्यार्थीलाई दुःख नदिन भन्दै अखिलले आज परीक्षा नियन्त्रण कार्यालयमा ध्यानाकर्षपत्र बुझाएको हो । बिना अतिरिक्त शुल्क र झन्झट सच्याइएको ट्रान्सकृष्ट वितरण गर्न अखिले माग गरेको छ । अन्यथा अखिल थप आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७