ओलीपछि कांग्रेस नेता केसीको माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता


२०७९ मङ्सिर २६ सोमबार ०७:५१ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबिच भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा दुई नेताबीच भेटवार्ता भएको केसीको सचिवालयले जनाएको छ ।

भेटमा निर्वाचन परिणाम तथा संसदको अंक गणितीय उपस्थितिलगायतका विषयमा छलफल भएको बताइएको छ । साथै, बालाजू–बाईपास–ककनी–रानीपैवा–त्रिशूली सडकको निर्माण छिटो सम्पन्न गर्ने, रासायनिक मलको समस्या, अर्थतन्त्र सुधारलगायतका विषयमा छलफल भएको थियो । यसअघि नेता केसीले आइतबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग करिब दुई घण्टा छलफल गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७