विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार


२६ मंसिर २०७९, सोमबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी मुद्दाहरुमा आयोगको निर्णयअनुसार २५ मंसिरमा सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेका मुद्दा यसप्रकाररका छन् ।

प्रतिवादी भगवान् भट्टराई समेत (वि.अ. को मु.नं. ०७४ सि.आर. ००५०, वि.अ. को फैसला मिति २०७९-४-९) को राजश्व रकम बैंक दाखिला नगरी भ्रष्टाचार गरेको मुद्दा र लालु गिरी समेत (वि.अ. को मु.नं. ०७५ सि.आर. ०२३१, वि.अ.को फैसला २०७९-२-२७) को नक्कली बैंक ग्यारेण्टी पेश गरी भ्रष्टाचार गरेको मुद्दाको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७