भारतीय र चिनियाँ सेनाबीच अढाइ बर्षपछि फेरि झडप


२६ मंसिर २०७९, सोमबार
china india
फाइल् फोटो

काठमाडौं । भारत र चीनका सेनाबीच अढाइ बर्षपछि सीमा क्षेत्रमा शुक्रबार राति पुनः झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरुले यस पटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको जनाएका । झडपमा केही भारतीय सैनिक घाइते भएको बताइएको छ ।

भारतीय पत्रिका ट्रिब्युन इण्डियाले भारतीय सेनाको उच्च स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । विवादास्पद सो क्षेत्रमा विगतमा पनि दुवै देशका सैनिक आमने सामने हुँदै आएका थिए । शुक्रबार राति भएको तवाङको याङत्सेमा झडप भएको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ । भारतीय पक्षले चिनियाँ सैनिकहरू पनि घाइते भएको दाबी गरेका छन् । अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बत भन्ने गरेको छ र त्यसमा आफ्नो सार्वभौमिकता दाबी गर्ने गरेको छ ।

यसअघि २०२० जुन महिनामा पनि दुवै देशका सैनिकहरुबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । सो क्रममा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो । त्यसअघि भुटान र चीनबीच सीमा विवाद रहेको दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच आमने–सामने भएका थिए । भारत र चीनबीच लामो समयदेखि सीमा विवाद हुँदै आएको छ । सन् १९६२ मा सीमा विवादका कारण दुई देशबीच युद्ध नै भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७