३६३ किलो गाँजासहित गाडी नियन्त्रण, चालक फरार


२७ मंसिर २०७९, मंगलवार
truck 20221213124714

पर्सा । पर्साको ठोरी गाउँपालिका– ३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीले करीब ३६३ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकका चालक प्रहरीलाई देख्ना साथ ट्रक सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा तथा ट्रक ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७