लोसपा गठबन्धन सरकारमा सहभागी हुने


२७ मंसिर २०७९, मंगलवार
losapa
फाइल फोटो

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

काठमाडौंमा (सोमबार) बसेको लोसपाका पदाधिकारहरुको बैठकले यस्तो निर्णय गरेको नेता केशव झाले जानकारी दिएका छन् । ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पहिले नै गठबन्धनमा संलग्न छ । सरकारमा जाने ठोस निर्णय गर्नै पर्दैन । तर नयाँ जनादेशपछि बसेको पदाधिकारीहरुको बैठकले सरकारमा जानेबारे निर्णय लिएको हो ।’

यसअघि मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा मिसिएको थियो । मधेशका केही स्थामा चुनावी तालमेल भएकाले पनि पनि गठबन्धनको नयाँ सरकारलाई साथ दिएर जाने निर्णय भएको झाले बताएका छन् । झाले यसलाई कार्यकारिणी समितिको बैठकबाट आधिकारिकता दिने बताएका छन् ।

लोसपाले अझेसम्म चुनावी समीक्षा गरिसकेको छैन । कार्यकारिणी समितिको बैठकले चुनावी समीक्षा पनि गर्ने भएको छ । निर्वाचन आयोगले चुनाव सबै परिणाम सार्वजनिक गरेपछि लोसपाको बैठक बस्ने छ । मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ ४ सिट जितेको लोसपा यस पटक राष्ट्रिय दल हुन भने असफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७