इलाम–१ मा पुनः मतदानको माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट दायर


२७ मंसिर २०७९, मंगलवार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न खनालको तर्फबाट रिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । पौडलका अनुसार रिट संवैधानिक इजलासमा दायर भएको छ । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

खनाल नेकपा (एमाले) का महेश बस्नेतसँग पराजित भएका थिए । इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने खनालले २३ हजार ८९ मत पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७