मेसीको गोल, विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने कीर्तिमान


२०७९ मङ्सिर २८ बुधबार ०७:०४ बजे

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि २–० को अग्रता लिएको छ।
लिओनल मेसीको पेनाल्टीको सहयोगले ३४ मिनेटमा अर्जेन्टिनाले गोलको अग्रता लिएको छ। अल्भारेजलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन्।

मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्न पुगेका छन्। उनले बाटिस्टुटाको विश्वकपमा १० गोल गर्ने कीर्तिमानलाई पछाडि छोडेका छन्।

खेलको ३९ औं मिनेटमा जुलियान अल्भारेजले गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७