मेसीको उत्कृष्ट पासमा अल्भारेजको दोस्रो गोल, अर्जेन्टिना ३–० ले अगाडि


२०७९ मङ्सिर २८ बुधबार १०:४२ बजे

काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० गोल अन्तरको अग्रता लिएको छ।

पहिलो हाफमा २–० मा सकिएको खेलको ६९ औं मिनेटमा जुलियान अल्भारेजले व्यक्तिगत दोस्रो गोल गरेका हुन्। उनले यसअघि खेलको ३९ औं मिनेटमा टोलीको लागि दोस्रो गोल गरेका थिए। खेलको ३४ औं मिनेटमा पाएको पेनाल्टीमार्फत कप्तान लियोनेल मेस्सीले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७