सोलुका युवकको दक्षिण कोरियामा सुतेको ठाउँमै मृत्यु


२८ मंसिर २०७९, बुधबार
ramdeath 20221214085310

सोलुखुम्बु । सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलु दूधकुण्ड नगरपालिका– ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको मंगलबार मृत्यु भएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । उनी केहि दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ । मगर करिब ५ वर्षअघि कोरिया पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७