कांग्रेस नेता केसीको बाबुराम भट्टराईसँग भेटवार्ता, के भए कुराकानी ?


२८ मंसिर २०७९, बुधबार
arjun narshing baburam bhattarai

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबीच आज (बुधबार) भेटवार्ता भएको छ ।

टोखास्थित डा. भट्टराईको निवासमा भएको भेटमा निर्वाचनको समीक्षा, संसद्को अंक गणित र सरकार गठनको सम्भावनाबारे छलफल भएको थियो ।

बिहान करिब एक घण्टा ३० मिनेट भएको छलफलमा अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधाधारणा तयार गरी सहकार्यको साथ अगाडि बढ्ने समझदारी भएको बताइएको छ । नेता केसीले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७