पुष्प व्यवसायमा रमाएकी हुमा


२ कार्तिक २०७४, बिहीबार
Shanta pusba
लमजुङ : लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएकी छन् । ३७ वर्षकी हुमा सिप विकास प्रतिष्ठान –गैरीक्याम्पसको आर्कर्षक जागीर छोडेर पुष्प व्यावयसायमा होमीएकी हुन् । गुरुङले पुष्प व्यावसायबाटै मासीक दूई देखि ३ लाख कमाउँछिन् ।
Shanta pusba

गुरुङले बेसीशहर–५ बोहोराबेसीमा साढे चार रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय शुरु गरेकी हुन् । गुरुङले दुई रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गरेकी छन् साढे दुई रोपनी जग्गामा विभीन्न जातका फुल रोपेकी छन् ।

तीन महिनामा नै फुल्ने उक्त फूलको बिउ भने थाइल्यान्डबाट ल्याएको उनले बताइन् । ‘पहिले थोरै काम चलाउन बारीको कान्लातिर मात्र रोप्ने गरेको थिएँ, ‘तीनवर्षबाट भने व्यावसायिक रूपमै खेती सुरु गरेको हुँ ।’ बिउ केही महँगो भए पनि फूल राम्रो भएपछि जाँगर चल्ने भन्दै उनले फूलखेतीका लागि ठूलो मिहिनेत पनि आवश्यक नरहेको बताइन् । ‘नर्सरीमा एउटा बिरुवाको २० रुपैयाँजति पर्दोरहेछ,’ उनले भनीन्, ‘मैले २ हजार बोट लगाएको छु, एउटा बोटबाट २ देखि ३ सय रुपैयाँसम्म कमाइ हुन्छ ।’ दुई रोपनीमा लगाएको फूल खेतीबाट महिनामा २ देखि ३ लाखसम्म कमाइ हुने गरेको उनले बताइन् ।

नर्सरीबाट चैतको सुरुवात सँगै सय भन्दा बढी प्रजातिका पूmलका विरुवा बिक्री सुरु भएको छ । नर्सरीबाट धुपी, अशोका, क्रिसमस ट्रि, सप्लेरिया लगायतका आर्कषक विरुवा, फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका विरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् । फूलको प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि विरुवा उमार्ने तयारीमा रहेको गुरुङले बताइन् ।

५० लाख लगानीमा व्यासायिक फूलखेती

फूलका विरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भईसकेको हुमाले बताइन् । उनले भनीन् ‘ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ । पत्रकारहरुले विभिन्न सञ्चार माध्याममा आफ्नो व्यवसायको प्रचार प्रसार गरिदिएकाले यतिबेला आफूहरुलाई मागलाई थेग्न निकै मुस्किल परेको छ ’, हुमाले भनीन् ‘अब लमजुङमा फुलको शहर बनाउन सहज हुनेछ । सुरुमा आफु विभीन्न सरकारी निकायसँग प्राविधिक सहयोग र अनुदान माग्न जाँदा कुनै सम्बन्धीत निकायले सहयोग नगरेको उनी बताउँछीन् ।

सहयोग माग्न जाँदा आफुलाई विश्वास नगर्ने महिलालाई कमजोर ठानेजस्तो गरेको उनी सम्झन्छीन् । उनी भन्छिन्, ‘सरकारी निकायसँग सहयोग माग्न कयौ पटक गए तर कहिल्यै सहयोग पाइन । फूलको विरुवा व्यवसायमा हुमालाई दुई जना दिदीवहिनीहरुले पनि साथ दिएका छन् । दुई दिदीवहिनी र हुमा यतिबेला नर्सरीका लागि आवश्यक टनेल, बारबन्देज, बिक्रीकक्ष, ग्राहककक्ष लगायतका संरचना निर्माणमा जुटेका छन् । नर्सरीमा काम गर्दा आफुलाई सन्तुष्टि मिलेको पुष्प ब्यबसायी हुमाले बताइन् ।

फूलले बजार पाउँदा हर्षित
आफ्नो नर्सरीमा उत्पादन भएको फुलले बजार पाउँदा उनी निकै खुसी छन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछीन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्पव्यावसायमा अझ उत्साहित बनाएको छ,’ उनले भनीन् , ‘आगामी वर्ष ८ रोपनी जग्गामा फूल खेती गर्नेछु ।’ गुरुङ भन्छीन् ‘ घरको बार्दली तथा बगैंचामा फूल रोप्न जिल्ला बाहिरबाट विरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प नर्सरी स्थापना भएपछि खुसी भएका छन्

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७