राष्ट्रपतिलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग


२९ मंसिर २०७९, बिहीबार
nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले आज (बिहीबार) प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन पेस गरिने बताएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७