काठमाडौं बसुन्धरामा युवतीको हत्या, हत्या आशंकामा आठ जना पक्राउ


३ बैशाख २०७५, सोमबार
1523854713

काठमाडौ, ३ बैसाख : काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको हत्या भएको छ । ढुङ्गाले हानेर हत्या गरिएको अवस्थामा सोमबार बिहान युवतीको शव फेला परेको प्रहरीले जानकारी दिएको । उनको अनुहार नचिनिने अवस्थामा छ ।1523854713

मृतक युवतीले लगाएको कपडा फालेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । युवतीको शवलाई पोस्टमार्टम लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । यौन सम्वन्ध राख्न अस्वीकार गरेपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७