पेरुमा एक महिने संकटकाल घोषणा


२९ मंसिर २०७९, बिहीबार
peru

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ । महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि शुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।

त्यहाँका रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारहरु निलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गरेका हुन् । सडक अवरुद्ध गर्ने अथवा तोडफोड गर्ने क्रियाकलाप भए कर्फ्यु लगाउने र कठोर कारबाही गर्ने पनि चेतावनी दिइएको छ ।

सशस्त्र सुरक्षाकर्मीको सहयोगमा प्रहरीलाई देशव्यापी रुपमा स्थितिलाई नियन्त्रणमा राख्ने अधिकार दिइएको पनि त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । न्यायाधीशले पूर्व राष्ट्रपति क्यास्तिलोलाई विद्रोह र षडयन्त्रको अभियोगमा जेलमै राख्न आदेश दिएपछि देशव्यापी प्रदर्शन भड्किएको थियो ।

बामपन्थी राष्ट्रपति क्यास्तिोलाका समर्थकहरुले ताजा जनादेशका लागि चुनाव र आफ्ना नेता क्यास्तिलोको रिहाइएको माग गर्दै सडक कब्जा गर्दै आएका थिए । गत साता पेरुको संसदको ठूलो बहुमतले क्यास्तिलो विरुद्धको महाअभियोग पारित गर्दै उहाँलाई पदबाट हटाएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७