जन्मघरमा राष्ट्रपति भण्डारी (तस्वीरहरू)


२९ मंसिर २०७९, बिहीबार
Bidhya home

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार (२८ मंसिर) भोजपुर पुगेकी छिन् । गृह जिल्ला भोजपुरमा निर्माण भएको बहुप्राविधिक शिक्षालयको उद्घाटनका लागि भण्डारी बुधबार भोजपुर पुगेकी हुन् । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको उक्त शिक्षालय राष्ट्रपति भण्डारीको पहलमा बनेको हो ।

शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र परिवारका अन्य सदस्यले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। राष्ट्रपति भण्डारीले बुबा–आमाको नाममा शिक्षालय स्थापना गर्नका लागि पहल गरेकी हुन् । श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय नामाकरण भएको उक्त शिक्षालय स्थापना भएसँगै प्राविधिक क्षेत्रका विद्यार्थीका लागि सहज हुने उनले विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले आफ्नो जन्मगाउँसाथै जन्मघर पनि निरिक्षण गरेकी थिइन् । भण्डारीको जन्म २०१८ साल असार ५ गते मानेभन्ज्याङमा भएको थियो । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीरहरु : युवराज विष्ट /रासस

Bidhya Bhandari 1
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार छोरीहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारी ।
Bidhya Bhandari 2
भोजपुरको रामप्रसादराई गाउँपालिका ५ मानेभञ्याङ, आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति ।
Bidhya Bhandari 3
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्दै राष्ट्रपति भण्डारी ।
Bidhya Bhandari 4
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्दै राष्ट्रपति।
Bidhya Bhandari 5
भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको शिवालय मन्दिरमा बुधबार पूजा-अर्चना गर्दै राष्ट्रपति।
Bidhya Bhandari 6
राष्ट्रपति विद्यादेवी भण्डारी रामप्रसादराई गाउँपालिका ५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन गर्दै ।
Bidhya Bhandari 7
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको शिवालय मन्दिरमा बुधबार पूजा अर्चना गर्दै राष्ट्रपति । तस्वीरहरू : युवराज विष्ट भोजपुर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७