विवाहको २० दिनअघि नै रेसलर जोन सिना र निक्कीबीचको प्रेम ब्रेकअप


३ बैशाख २०७५, सोमबार
john cena nikki bella split rex

काठमाडौं, ३ बैसाख : डब्लुडब्लुई स्टार जोन सिना र निक्की बेलाले आफूहरु सम्बन्धबाट अलग भएको घोषणा गरेका छन् । ‘यो निर्णय निकै कठिन थियो । एकअर्काप्रति हाम्रो माया र सम्मान कायम रहनेछ,’ निक्की बेलाले ट्वीटरमा वक्तव्य जारी गर्दै लेखेकी छन् । दुवै जनाले गत अप्रिल २०१७ मा इन्गेजमेन्ट गरेका थिए भने आगामी ५ मे मा विवाह बन्धनमा बाँधिदै थिए ।john cena nikki bella split rex

जोन सिना र निक्की बेला दुवै डब्लुडब्लुईका चर्चित सुपरस्टार हुन् । पूर्व च्याम्पियन रहेका दुवैले आफ्नै रियालिटी शो टोटल बेलाज पनि चलाएका थिए । फ्लोरिडामा भएको रेसलमेनिया ३३ का दौरान गत वर्ष जोडी खेलपछि जोन सिनाले बेलालाई विवाहको प्रस्ताव गरेका थिए ।John Cena proposes to Nikki Bella

दुवै जना केही दिनअघि मात्र सँगै देखिएका थिए । यसले डब्लुडब्लुईका फ्यानहरु आश्चर्यचकित बनेका छन् । जोन सिनाले हलिउडमा पनि राम्रो करियर बनाएका छन् । उनको नयाँ चलचित्र बलकर्स आउँदैछ । यता, जोन सिनाले आफ्ना इन्सटाग्राममा ‘अहिलेसम्मकै खराब दिन’ भनेर लेखेका छन् । रेस्लिङ फ्यानहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु जनाइरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७