समलिङ्गी अधिकारका लागि संघर्षरत वरिष्ठ अधिवक्ताद्वारा आत्मदाह


३ बैशाख २०७५, सोमबार
devid buckel 1642018104736

काठमाडौं, ३ बैसाख : समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आएका वरिष्ठ अमेरिकी अधिवक्ता ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानव जाती भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गरेका छन् ।devid buckel 1642018104736

६० वर्षीय बकेलले स्थानीय समयअनुसार शनिवार विहानै ब्रुकलिनको प्रोस्पेक्ट पार्कमा आत्मदाह गरेपछि उनलाई तत्कालै मृत घोषणा गरिएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जनाएको छ । आत्महत्या पूर्व विभिन्न अमेरिकी पत्रिकालाई गरिएको इमेलमा उनले पृथ्वीमा जे भइरहेको छ त्यसैको सङ्केत स्वरूप जैविक इन्धनको प्रयोग गरी आत्मदाह गरेको बताएका छन् ।

‘वायु, माटो, पानी तथा मौसममा भएको प्रदुषणले हाम्रो धर्तीलाई विनास गरेको छ र पृथ्वीलाई बस्न अयोग्य बनाइरहेको छ’, आत्महत्या पूर्व लेखिएको इमेलमा उनले भनेका छन् । ‘धेरैजसो मानव जातीले जैविक इन्धनको प्रदुषणका कारण अस्वस्थ भएको स्वास फेरिरहनु भएको छ । नतिजा स्वरूप अल्पायुमै मर्नुपरेको छ । मेरो जैविक इन्धनको प्रयोगबाट अल्पायुमै भएको मृत्युले हामीले के गरिरहेका छौँ भन्ने कुराको वोध गराउने छ ।’

बकेलले लामोसमयदेखि अदालतमा समलिङ्गी समूहको अधिकारका लागि संघर्ष गर्दै आएका थिए । उनी समलिङ्गीहरूको संगठन ‘लाम्डा लेगल’ का वैवाहिक योजनाका निर्देशक पनि थिए । ‘ड्याभिडको मृत्युको खबर ह्दयविदारक भएको छ । यो लाम्डा लेगल सदस्य तथा सामाजिक न्यायको सम्पूर्ण आन्दोलनका लागि अपुरणनीय क्षति भएको छ’, लम्डाका कानूनी विभागका निर्देशक कमिला टेलरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । टेलरले भने, ‘ड्याभिड एक उज्ज्वल कानूनी परामर्शदाता हुनुहुन्थ्यो । उहाँले समलिङ्गी युवाहरूको अधिकारका लागि बनेको लाम्डा लेगलको स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७