रामेछापमा जीप दुर्घटना : ११ घाइतेमध्ये गम्भिर तीन जनाको हेलिकप्टरबाट उद्दार


२ पुष २०७९, शनिबार
accident 2

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । बा.११ च ७५९२ नम्बरको बोलेरो जीप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजुप्रसाद ढकालले बताए । ४ जना घाइतेलाई बोलेरो गाडीमा राखेर काठमाडौं ल्याइँदैछ । अरू घाइतेको जिल्ला सदरमुकाम मन्थलीमा उपचार हुँदैछ । बोलेरो जीप सडकबाट ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७