कहिं पनि पुनः मतदान र पुनः मतगणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

‘निर्वाचन विगतभन्दा महंगो भएको प्रमाणित गरे तत्काल पदबाट राजीनामा दिन्छु’


२ पुष २०७९, शनिबार
Dinesh Thapaliya 5
फाइल फोटो

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विगतका निर्वाचन भन्दा आसन्न निर्वाचन महँगो भएको कसैले प्रमाणित गरेमा आफूले तत्काल पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आज (शनिबार) विराटनगरमा पत्रकार भेटघाटमा उनले विगतका निर्वाचन भन्दा आसन्न निर्वाचन सबै हिसाबमा सस्तो रहेको दाबी गरे । पत्रकार भेटघाटमा प्रमुख आयुक्त थपलियाले ०६४, ०७०, ०७४ मा निर्वाचन सम्पन्न गराउने भएको खर्चको तुलनामा हालै सम्पन्न निर्वाचन खर्चको हिसाबमा महंगो भएको प्रमाणित गरेर देखाउनपनि चुनौती दिएका छन् ।

‘०६४ साल यता र हालै निर्वाचन सम्पन्न गरिरहँदा र हालै निर्वाचन सम्पन्न भइरहदा यो बीचमा कति मुल्यवृद्धि भएको छ, कर्मचारीको तलब भत्ताकति बृद्धि भएको छ,’ उनले भने, ‘र त्यति बेलाका निर्वाचन पर क्यापिटल कष्टका हिसबमा यो निर्वाचन कसैले महंगो भयो भनेर प्रमाणित गर्छ भने त्यही दिनदेखि म जस्तो नालायक यो पदमा बस्नु हुन्न । त्यसैले प्रमाणित भएको दिनबाटै लागु हुनेग री म मेरो पदबाट राजीनामा दिनेछु ।’

थपलियाले आगामी दिनमा निर्वाचन आयोगलाई अझ शसक्त बनाउनका लागि नयाँ कानुन तजूमा गरिने बताए । उनले निर्वाचनमा विदेशमा बस्ने नागरिकको विषय आयोगलाई सशक्त बनाउन कानूनी रुपमा नै व्यवस्थित गरिने जानकारी दिए ।

समानुपातितर्फको मत सोचे भन्दा यस पटक कम झरेको आयोगको निष्कर्ष निकालेको भन्दै प्रमुख आयुक्त थपलियाले कम्तिमा नेपाली नागरिकले मतदाता नामावलीमा नाम भएको नागरिकले जुनसुकै स्थानबाट मत खसल्नो सुविधासहितको ब्यवस्था गर्नतर्फ आयोग लाग्ने पनि बताए । उनले कुनै पनि क्षेत्रमा पुनः निर्वाचन र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७