भारतीय नागरिको हत्या आरोपमा सात जना पक्राउ


२ पुष २०७९, शनिबार
pakrau
फाइल फोटो

बुटवल । धारिलो हतियार प्रहार गरी एक भारतीय नागरिकको हत्या आरोपमा बुटवलबाट सात जना पक्राउ परेका छन् । २९ वर्षीय कृष्ण सिजाली मगरलगायत सात जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बुटवल उपमहानगरपालिका–९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बुटवल उपमहानगरपालिका–८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने ठेगाना नखुलेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाका आधारमा प्रहरीले घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । घाइतेको उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७