समानुपातिक सांसदहरुलाई प्रमाणपत्र उपलब्ध गराउँदै निर्वाचन आयोग


३ पुष २०७९, आईतवार
nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउँदैछ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउन लागेको हो ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभाका ११० जना र सात वटै प्रदेशसभाका २२० जना सांसदलाई प्रमाणपत्र दिन लागेको हो । प्रतिनिधिसभामा सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२ , नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७