सीतापाइला-नौबिसे सुरुङ मार्ग: निर्माणले गति लियो


२ कार्तिक २०७४, बिहीबार
sitapaila naubise

काठमाडाैं : नागढुंगा-सीतापाइला सुरुङ निर्माण गर्न विस्तृत परियोजना (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

sitapaila naubise

राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्र रुपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ । यस आर्थिक बर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

२ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माण हुन लागेको हो ।

सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७