राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यवाहक राजदूत वाङबीच भेटवार्ता


३ पुष २०७९, आईतवार
ling

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवाहक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यालय पुगेका थिए ।

भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयिक विषयमा कुरा भएको बताइएको छ । –न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७