राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चुन्दै, वैठकस्थल गोप्य


४ पुष २०७९, सोमबार
Rabi Lamichhane 5
फाइल फोटो

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आज (सोमबार) संसदीय दलको बैठक बस्दै छ । दलको नेता छान्नका लागि रास्वपा बैठक केहीबेरमा बस्ने भएको हो ।

बुढानिलकण्ठस्थित एक होटलमा बैठक बस्न लागेको रास्वपाका एक नेताले जानकारी दिएका छन् । तर, कुन होटलमा बैठक बस्न लागेको भन्नेबारे ती नेताले जानकारी दिन चाहेनन् ।

सरकार गठन आह्वान भएसँगै राजनीतिक दलहरु संसदीय दलको नेता चुन्ने कसरतमा छन् । संघीय संसदको चौथो शक्ति रहेको रास्वपा पनि सरकारमा सहभागी हुनेबारे आन्तरिक गृहकार्यमा छ । ‘बैठक बस्दै छ,’ उनले भने, ‘संसदीय दलको नेता चुन्नका लागि बैठक बस्न लागेको हो ।’ संसदीय दलको बैठकपछि दुई दिने अभिमुखीकरण तालिम सञ्चालन समेत गर्ने रास्वपाको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७