चलचित्र ‘हात्तीछाप’ मा दयाहाङपछि सौगात मल्ल अनुबन्धित


४ पुष २०७९, सोमबार
saugat 1

काठमाडौं । किरण नेपालीले निर्माण गर्न लागेको चलचित्र ‘हात्तीछाप’ मा अभिनेताको रूपमा सौगात मल्ल अनुबन्धित भएका छन् ।

सिमोस सुनुवारको निर्देशन रहने फिल्ममा यस अगाडि अभिनेताको रूपमा दयाहाङ राई प्रवेश गरेका थिए । फिल्मका लागि सौगातसँग निर्माता किरणले आइतबार लिखित सम्झौता गरेका छन् । योसँगै किरणले नै बनाएको फिल्म ‘२ नम्बरी’ पछि सौगात र दयाहाङले फेरि एउटै ब्यानरमा काम गर्ने निश्चित भएको छ ।

सौगात र दयाहाङले काम गरेको ‘२ नम्बरी’ ले बक्स अफिसमा सुखद कमाई गरेको थियो । सामाजिक कथा वस्तुमा निर्माण हुने ‘हात्तीछाप’ को आगामी चैत्र महिनाबाट छायाँकन सुरू हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७