राप्रपालाई सरकारमा जान हतारो छैन : राजेन्द्र लिङ्देन


४ पुष २०७९, सोमबार
Rajendra Lingden
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारमा जान हतारो नभएको बताएका छन् । आज (सोमबार) पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफूहरूले सरकारमा नजाने कसम पनि नखाएको भन्दै लिङ्देनले आगामी दिनमा आफ्ना मान्यताहरू स्थापित हुने गरी निर्णय लिने बताए । मन्त्री खानकै लागि आफूहरू कसैको घर नधाउने स्पष्ट पार्दै उनले सरकारमा जानुपरे वा समर्थन गर्नुपरे कारणसहित गर्ने उल्लेख गरे ।

‘हामी सोची, विचारी निर्णय गर्छौं । अहिले न हामीलाई सरकारमा जान हतारो छ, न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौं । के गर्दा हाम्रा मान्यताहरू स्थापित हुन सक्छन्, के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ, त्यो सोचेर, विचार गरेर हामी निर्णय गर्छौ,’ उनले भने । अध्यक्ष लिङ्देनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त मत परिणामबाट आफू सन्तुष्ट नभएको बताएका छन् । जनताले राप्रपा सुध्रिएको हो कि होइन भन्ने परीक्षण गर्न यसपटक यति मत दिएका उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७