दार्चुलामा भारतविरुद्ध विप्लवको प्रदर्शन


४ पुष २०७९, सोमबार
biplaw darchula

दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाल कम्युनिष्ट पार्टीले दार्चुलामा भारतविरुद्ध प्रदर्शन र नाराबाजी गरेको छ ।
दार्चुला सीमामा भारतले बलमिच्याइँ गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको हो ।

नेकपा कार्यकर्ताहरूले जिल्ला सदरमुकाम खलंगामा भारतविरोधी नारा लगाएर प्रदर्शन गरेका हुन् । जिल्लाका विभिन्न स्थानबाट भेला भएका सयौं कार्यकर्ता भारतविरोधी नारा लगाउँदै निर्माणाधीन तटबन्धनको वारि पुगेर प्रदर्शन गरेका हुन् ।

भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विरोध र सात नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै नेकपा प्रदर्शनमा उत्रिएको दार्चुला इन्चार्ज भरत मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७