ट्वीटर प्रयोगकर्ताले गरे एलन मस्कको विपक्षमा मतदान


४ पुष २०७९, सोमबार
Elon musk

काठमाडौं । ट्वीटर प्रयोगकर्ताले ट्वीटरका मालिक एलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउने पक्षमा मतदान गरेका छन् ।

ट्वीटर खरिदपछि आफै सीईओ बनेका मस्कले के म ट्वीटरको प्रमुख पदबाट हट्नु पर्छ ? भनेर प्रश्न राख्दै हो वा होइनमा क्लिक गर्न आह्वान गरेका थिए । ट्वीटरका एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेकामा ५७ दशमलव ५ प्रतिशतले मस्कको विपक्षमा मतदान गरेका छन् । मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक हुन् ।

अक्टोबर २७ मा ट्वीटरको प्रमुख भएदेखि मस्क बारम्बार विवादमा आइरहेका छन् । कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारलाई प्रतिबन्ध लगाएको र पहिले निःशुल्क सेवाहरूका लागि अहिले शुल्क लिन खोजेपछि मस्कविरुद्ध आक्रोश बढेको छ ।

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन गरेको सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता पनि जनाएका छन् । फलोअर्ससँगको ट्वीटर एक्सचेन्जमा मस्कले आफूसँग प्रयोगकर्ताको रायभन्दा फरक सोच तर अहिले ट्वीटरलाई जीवन्त राख्न उत्तराधिकारी नभएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७