कतारमा रक्तिम सांस्कृतिक अभियानको भेला


३ बैशाख २०७५, सोमबार
prabash

हरि कुँवर
दोहा (कतार), ३ वैशाख । ‘संसार भरीका मजदुर एक हौ, बुर्जुवा सांस्कृतिक विरोध गरौँ, प्रगतिशील सांस्कृतिकको विकास गरौँ’ भन्ने मूल नाराका साथ कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक अभियान दोहा कतारको तेस्रो भेला सम्पन्न भएको छ ।prabash

कोषाध्यक्ष धनले प्रवासमा रहेका आम प्रवासीहरूले विभिन्न तह र तप्कबाट नेपालको वर्तमान अवस्थालाई गैर बुझ्न नसके देशमा जातीय र क्षेत्रीय सद्भावमा ठुलो दरार कुरामा सजग रहनुपर्ने बताए ।

उनले भने,‘हामी गरी खाने वर्ग हो। हाम्रो विवाद भनेको जातीय र क्षेत्रीय नभई वर्गीय शोषणको विरुद्ध हुन्छ, त्यसको विरुद्ध हामी विश्वको मजदुर एक हौँ भन्ने मूल नाराको साथ अगाडी बढ्नु पर्छ ।’

भेलाले बल देव रानाको अध्यक्षतामा ९ जनाको कार्यसमिति २ जना कलाकार र ४ जना सल्लाहकार गरी १५ जनाको समिति निर्माण गरेको छ । जसमा उपाध्यक्ष ( रण बि सी, सचिव रेसम रोका, सह–सचिव बिमल भुसाल, कोषाध्यक्ष पहल सिंह सावत, सदस्य वसन्त बस्नेत, कुमारी काउछा, दिल बहादुर बि क, हरि थापा कलाकार सुनिता परियार, ठाकुर सुनार सल्लाहकार हुमाकान्त आचार्य, खगेस्वर भुसाल, गिरि काउछा, कुमार खनाल, रहेका छन् ।

रक्तिम सांस्कृतिक अभियानका सचिव रण बहादुर बिसीको सञ्चालन, अध्यक्ष हुमाकान्त आचार्यको अध्यक्षताबाट कार्यक्रम भएको थियो भने कतार नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष धन बहादुरको प्रमुख अथिती रहेको थियो ।

विशेष अतिथि एकता समाजका भुपु उपाध्यक्ष दावा लामा, अथितीहरू कतार नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य तथा रक्तिम सांस्कृतिक अभियानका इन्चार्ज सूर्य सुवेदी, रक्तिम सांस्कृतिक अभियानका भुपु अध्यक्ष खगेस्वर भुसाल, भुपु अध्यक्ष बल्देब राना, महिला विभागकी अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका हरि शर्मा, एरिया हरूबाट लिलाकान्त चालिशे,वसन्त बस्नेत,तेज नारायण शर्मा दोहा एरियाका गिरी काउछा, दिपेश भण्डारी कतार नेपाली एकता समाजका पत्रकार तथा राम प्रसाद पराजुली, हक साप्ताहिका उधब मगर लगायतका एरिया एकाइ तथा व्यक्तित्वकाे उपस्थिती रहेकाे थियाे ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७