पाल्पामा भेटियो ठूलो संख्यामा तोप–गोला


५ पुष २०७९, मंगलवार
top

पाल्पा । नेपाली सेनाले घडेरी खन्ने क्रममा पाल्पामा ठूलो संख्यामा तोपका गोला फेला परेको छ । तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा ३ सय भन्दा बढीको संख्यामा गोला फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए ।

गोला भेटिने क्रम अझै जारी रहेको उनले बताएका छन् । सेनाले आफ्नो जग्गामा गेष्ट हाउस निर्माणका लागि घडेरी खनिरहेको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ती गोला पुरेको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ । फेला परेका गोला के कसरी रहन गयो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी थापाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७