राप्रपाका सांसदको थप शपथ : भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह …


७ पुष २०७९, बिहीबार
sapath rpp

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ सांसदले थप शपथ ग्रहण गरेका छन् । राप्रपाका सांसदहरूले प्रतिनिधि सभा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले गराएको शपथमा एक वाक्य ‘थप शपथ’ लिएका हुन् ।

थप शपथमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य उल्लेख छ । राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

अघिल्लो कार्यकालझैं आज बिहीबार पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण कार्यक्रममा सहभागी भएको लिङदेनले बताएका छन् ।

lg
lg1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७