सन्दिप टिममा परेनन्, कोलकातासँग दिल्ली ७१ रनले पराजित


४ बैशाख २०७५, मंगलवार
dd

एजेन्सी: दिल्ली डेयर डेभिल्सलाई ७१ रनले हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित दर्ता गरेको छ। २ सय १ रनको ठूलो लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा अल आउट हुँदै १ सय २९ रन मात्र बनाउन सक्यो।

dd

दिल्लीका लागि ग्लेन म्याक्सवेल र रिसव पन्त बाहेक अरूले दोहोरो रनको अंक जोड्न सकेनन्। म्याक्सवेलले ४७ र रिसवले ४३ रन बनाए।

दिल्लीलाई कम योगफलमा रोक्न सुनिल नारिन र कुलदीप यादवले समान ३ विकेट लिए। त्यस्तै पियुष चावला, आन्द्रे रसेल, शिवम माभी र टम कुरानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो। उसका लागि नितेश रानाले ५९ रन बनाए। रसेलले ४१, रविन उथप्पाले ३५, क्रिस लेनले ३१ र दीनेश कात्र्तिकले १९ रन जोडेका थिए।

दिल्लीका राहुल टिवाटियाले ३, ट्रेन्ट बोल्ट र क्रिस मोरिसले समान २ विकेट लिएका थिए। आफ्नो चौथो खेलमा पनि नेपाली युवा बलर सन्दिप लामिछाने स्थान बनाउन सकेनन्। दिल्ली चार खेलबाट २ अंक बटुलेर पुछारबाट दोस्रो स्थानमा छ। अंक बिहिन मुम्बई पुछारमा छ। आइपिएलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्सर्ज बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७