‘राइट टु प्रोटिन रन’ माघ ७ मा


८ पुष २०७९, शुक्रबार
run

काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ । हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए ।

पुरुष–महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड तथा व्हीलचेयरमा प्रतिस्पर्धा हुनेछ । सातै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १० लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । हरेक प्रस्पर्धामा पाँचौं स्थानसम्म आउनेलाई नगदबाट पुरस्कृत गरिने छ ।

हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । १० किलोमिटर पुरुष खुलामा पहिलो हुनेले ५० हजार, दोश्रोले ४० हजार र तेश्रोले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
महिला खुला ५ किलोमिटर-विद्यार्थीतर्फ ५ किलोटिमर पुरुष–व्हीलचेयरमा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई २० हजार र तेश्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । स्कुलको महिला ३ किलोमिटर दौडमा पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार जित्ने छन् ।

नेपाल एथलेटिक्स संघले मान्यता दिएको दौडलाई नेपाल दाना उद्योग संघ र अन्तर्गतका दाना उद्योगले सहयोग गर्ने भएका छन् । दौडको अस्पताल पार्टनरमा प्रिमेरा अस्पताल, टिकेटिङ पार्टनरमा इ सेवा, साउन्ड सिस्टम पार्टनरमा आईएसएस प्रालि र हस्पिटिलिटी पार्टनरमा मेरियोट काठमाडौं रहेका छन् । युए सोइ दौडको प्रवद्र्धक रहेको छ ।

आमजनमानसमा सन्तुलित आहार बारे जनचेतना जगाउने मुख्य उद्देश्यले दौड आयोजना गर्न लागिएको हो । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ । न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७