पिकअप भ्यानले ठक्कर दिँदा चितवनमा नौं वर्षीय बालकको मृत्यु


८ पुष २०७९, शुक्रबार
accident 2

चितवन । चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । पूर्वी चितवनको राप्ती २ गड्यौली स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान प्र.२–०३–००१ च १७९२ नं. को महेन्द्र पिकअप भ्यानले ठक्कर दिँदा पैदल हिँडेका ९ वर्षीय बालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा भारत घर भइ राप्ती २ गड्यौली बस्ने अब्दुल मसिनका छोरा महमद एकलास रहेका छन् । आज बिहान ६ :४५ बजेको समयमा पूर्वबाट नारायणघाट तर्फ आएको भ्यानले उनलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७