चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक


९ पुष २०७९, शनिबार
gunjan

काठमाडौं । नेकपाली चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ । एक मिनेट ४५ सेकेण्ड लामो ट्रेलरमा निकै रमाइलो र आकर्षण दृष्य देखाइएको छ ।

ट्रेलरमा चलचित्रका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ । ट्रेलर हेर्दा चलचित्र प्रेमकथामा बनेको सजिलै अनुमान गर्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितम, करिबको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

विगत २ दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । प्रितमराजले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् । हिराकृष्ण शाहीको प्रस्तुती र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
ट्रेलर भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७